मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते

Main News Image

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरिक रहेका छन् । उनीहरूलाई सामान्यदेखि मध्यम खालका चोटपटक लागेको जनाइएको छ भने एक नेपाली नागरिकको अवस्था गम्भीर रहेको छ ।

घटनापछि सम्बन्धित निकायले उद्धार तथा उपचार कार्य तत्काल अघि बढाएको जनाएको छ । साथै, सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अप्रमाणित जानकारी नफैलाउन आग्रह गरिएको छ । हाल मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण यस्ता आक्रमण र त्यसपछि हुने भग्नावशेष खस्ने घटनाले सर्वसाधारणमा जोखिम बढाएको देखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिकामा बसोबास अनुमति पाएका ७ हजार नेपालीलाई देशनिकाला गर्न ट्रम्पलाई बाटो खुल्यो

काठमाडौँ । अमेरिकाको एक अदालतले अस्थायी संरक्षित स्थिति टीपीएस अन्तर्गत अमेरिकामा बस्ने अनुमति पाएका नेपालीहरूलाई देशनिकाला गर्न ट्रम्प सरकारलाई अनुमति दिएको छ । नवौं सर्किट कोर्ट अफ अपिल्सले अमेरिकी सरकारलाई नेपाल, होन्डुरस र निकारागुवाका आप्रवास...