७ वर्षे बालक तेगबीरको कीर्तिमान : ५,४१६ मिटरको थोरङ्ला पास पार गर्दै बने संसारकै कान्छो पदयात्रीमध्ये एक
काठमाण्डौँ । भारतका ७ वर्षीय तेगबीर सिंहले ५,४१६ मिटर उचाइको थोरङ्ला पास पार गर्दै संसारकै कान्छा पदयात्रीमध्ये एकको कीर्तिमान बनाएका छन् । अप्रिल ११ मा सुरु भएको यात्रा १८ मा पूरा गर्दै उनले कडा चिसो र कम अक्सिजनबीच २३० किमि पदयात्रा सफलतापूर्वक सम्पन्न गरे । उनलाई न थकान भयो, न लेक लाग्ने समस्या ।
यसअघि किलिमन्जारो, एल्ब्रस र एभरेष्ट बेस क्याम्प पुगिसकेका तेगबीरको सफलताले नेपाललाई सुरक्षित साहसिक गन्तव्यका रूपमा थप चिनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान
काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।
सन् २०२६ को जारी विश्वकपमा अद्वितीय प्रदर्शन गर्दै उनले विश्व फुटबलका पुराना दिग्गजहरूलाई...
टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...
नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो
काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।
भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन
काठमाडौँ । आयोजक भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक टी–२० विश्वकप जित्न सफल भएको हो। फाइनलमा पहिले ब्याटिङ गरेको भारतले २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जव...
आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ । काठमाडौंको कीर्तिपुर...
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता : ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडौँ । बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ। स्वदेश फर्किएका टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानक...



