बिहिबार, १२ कात्तिक २०८३
नेपाली

जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो

Main News Image

काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी छन् ।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान १०ः३० बजेसम्म भूकम्पमा परी १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमध्ये केहीको मृत्यु भूकम्पसँग सम्बन्धित कारणबाट भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।


mediabaaji add

सम्बन्धित खबर

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण...

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...

जापानको आणविक मोह प्रति रुसको कडा चेतावनी

काठमाडौँ । जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ । रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन्...

अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम...

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

काठमाडौँ । शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिल अन्तर्...

इरानका सर्वोच्च नेता खामेनी मारिएको अमेरिकी दाबी, इरानद्वारा खण्डन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनत...