जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ ।
हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्थरको भूकम्पका लागि जनतालाई सतर्क रहन आग्रह गरेको छ । जापान चार टेक्टोनिक प्लेटहरूको छेउमा अवस्थित भएकाले तथा १०० वटा सक्रिय ज्वालामुखीहरूको उपस्थती रहेकाले यसलाई उच्च भूकम्पीय गतिविधिको जोखिममा रहेको राष्ट्रका रुपमा चिनिन्न्छ ।
यस अघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीको कारण १५ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम...
रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।
राष्...
हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका...
पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले ग...
स्ट्रेट अफ हर्मुजमा तीन तेल ट्यांकर इरानी नियन्त्रणमा, अमेरिकी प्रहारपछि तनाव थप उत्कर्षमा
तेहरान । स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकरलाई इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स आइआरजिसीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने क्रममा तीमध्ये एउटा ट्यांकरमा विस्फोट भई आगलागी भएको इरानी पक्षले जनाएको छ ।
अम...
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान
काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...



