इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म एक हजार भन्दा बढी निशानाहरूमा आक्रमण गरेका छन् । पहिलो ३० घण्टामा दुई हजार भन्दा बढी बम खसालिएका छन् ।
फेब्रुअरी २८ तारिख अर्थात् फागुन १६ गतेदेखि शुरु भएको लडाइँको पहिलो दिन भएको बम विस्फोटमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । आइतबार तीन अमेरिकी सैनिक पनि मारिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्य पूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् । सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४(५ हप्तासम्म चल्न सक्ने बताएका थिए । तर आवश्यक परेमा यो अभियान लामो समयसम्म जारी रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...



