सोमबार, ०५ असोज २०८३
नेपाली

ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरी नियन्त्रणमा

Main News Image

काठमाडौँ। अनावश्यक ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाउँ स्थित सडक खण्डमा गरिएको विशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । तारकेश्वर क्षेत्रमा स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाईकल चलाउने गरेको भन्ने स्थानीयको सूचनाको आधारमा तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको सम्बन्धित निकायमा दर्ता नगरी चलाएको टी टी ग्यारेजमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त ८ ओटा मोटरसाईकलहरू नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । ठुलो आवाज निकाली सवारी साधन चलाउँदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन हुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन् । नियन्त्रणमा लिईएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने जानकारी मिडियाबाजीलाई प्राप्त भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।

 भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्द...

हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलबाट रातो सूची रेड नोटिस जारी भएकी चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले...

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...

निर्वाचन प्रहरीको बिदाइ बिहीबार हुने

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक ह...

ठगिएका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी स्क्यामिङ केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भए...

सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान

काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभ...