शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित आठ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना

Main News Image

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले आठ हजारको सङ्ख्यामा प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा प्रहरी युनिटहरूबाट टोलीहरू खटिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान कार्यालयबाट १,६०२ जना, बागमती प्रदेशबाट २,१८२ जना, गण्डकी प्रदेशबाट १,३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ

काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्...

न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा

काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।

प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...