मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

Main News Image

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ । भूकम्प फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्र नजिक गएको हो । यसले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा भूकम्पका कारण भवनहरूमा क्षति पुगेको तथा मानिसहरू सुरक्षित स्थानतर्फ भागिरहेको देखिन्छ । एउटा विद्यालय परिसरमा खिचिएको भिडियोमा भवन हल्लिन थालेपछि विद्यार्थी खुला मैदानतर्फ दौडिएको देख्न सकिन्छ ।


mediabaaji add

सम्बन्धित खबर

इतिहासकै सबैभन्दा ठूलो समुद्री संकटको खतरा, बब अल-मन्डेब बन्द गर्ने चेतावनी

काठमाडौँ । इरान र अमेरिका इजरायल बीचको जारी युद्ध यस्तो बिन्दुमा पुगेको छ जहाँ सम्पूर्ण विश्व अर्थतन्त्र खतरामा परेको छ । खाडी क्षेत्रमा हर्मुज स्ट्रेट पहिले नै बन्द भइसकेको रिपोर्टहरूको बीचमा यमनका हुथी विद्रोहीहरूले अब बब अलमन्डेब स्ट्रेटलाई बन्...