उत्तराखण्ड केन्द्रविन्दु भएर ५.१ रेक्टरको भूकम्प, सुदूरपश्चिमका जिल्लाहरूमा पनि महसुस
काठमाण्डौँ । भारतको उत्तराखण्ड केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा पनि महसुस गरिएको छ। राति २२स्३८ बजे गएको यस भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ।
भारतको उत्तराखण्ड राज्यस्थित नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिमलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पका कारण दार्चुला, बैतडी, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा धक्का महसुस गरिएको थियो। रातिको समयमा अचानक घर हल्लिन थालेपछि त्रसित बनेका स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए।
भूकम्पबाट हालसम्म कुनै किसिमको मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सुदूरपश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा सम्भावित क्षतिको अवस्था बुझ्ने कार्य भइरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय...
युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूल...
इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा
काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...
शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ
काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा...
लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण
काठमाडौँ । शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिल अन्तर्...



