शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

काठमाडौंमा मानव बेचबिखन र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

Main News Image

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतमा दायर अभियोगपत्रअनुसार, पीडितलाई वैदेशिक रोजगारी र आकर्षक आम्दानीको प्रलोभन देखाई काठमाडौंस्थित गार्मेन्ट तथा स्पामा काम लगाइएको, लामो समयसम्म उचित पारिश्रमिक नदिई जबर्जस्ती श्रम गराइएको तथा विभिन्न प्रकारका शोषण गरिएको आरोप छ।

अभियुक्तहरूमा उज्जल मिया र दिपक भन्ने दिग बहादुर श्रेष्ठ रहेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार८८ सम्बन्धी कसुरमा अनुसन्धान पूरा भएपछि मुद्दा दायर गरिएको हो । प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गराएको र अब मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा अघि बढ्ने जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

काठमाडौँ । सामाजिक अभियन्ता नेल्शन घतानीलगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।

उनीहरुले १७ वर्षीय...