शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

विदेशमा रहेकालाई सवारी लाइसेन्स दिने ३ जनाविरुद्ध मुद्दा दायर

Main News Image

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमति पत्र वितरणमा गम्भीर अनियमितता भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७५र०७६ मा प्रयोगात्मक परीक्षा फिल्ड टेस्ट मा फेल तथा अनुपस्थित देखाइएका १८ जना व्यक्तिलाई परिणाम फेरबदल गरी सवारी चालक अनुमति पत्र जारी गरिएको तथ्य खुलेको हो । साथै, वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका शालिकराम भण्डारीको नाममा समेत लाइसेन्स जारी गरिएको पाइएको छ ।

आयोगका अनुसार शालिकराम भण्डारी मिति २०७० भदौ १९ गते मलेसिया गएका र २०७५ भदौ २३ मा मात्र नेपाल फर्किएको देखिन्छ। तर उनी विदेशमै रहेका बेला २०७५ साउन २० गते परीक्षा पास गराई सवारी चालक अनुमति पत्र जारी गरिएको थियो ।

अनुसन्धानले यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटा, परीक्षा समितिका सदस्य प्रहरी नायव निरीक्षक गंगाराम वि।क। र मेकानिकल सुपरभाइजर शम्भु दाहाल को संलग्नता पुष्टि गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ

काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्...

मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते

काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...