सोमबार, ०२ कात्तिक २०८३
नेपाली

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो । उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने कामको लागि करिब २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् अमेरिकी डलर १६।९८५ मिलियन खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस ठेक्कामा नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति र डेलिभरीको पूर्णसेवा समावेश छ। उक्त कम्पनीले विगत केही वर्षदेखि नेपालमा नोट छाप्ने ठेक्काहरू लगातार पाउँदै आएको छ । यस कदमले नेपालमा नयाँ नोटको आपूर्ति सुनिश्चित गर्ने र मुद्रा परिसंचरणमा सहजता ल्याउने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ। अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो । यस दिन नेप्से परिसूचक ४८।७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेक...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४...

मुग्लिन-मलेखु सडक स्तरोन्नतिको काम सुरू

काठमाडौँ ।वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढ...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैया...

विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि बक्यौता तिर्न आनाकानी गर्ने ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएक...