निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मतदाताले कुनै पनि डर वा धाकधम्की बिना स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्न पाउने वातावरण हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष मगरले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाले मतदातालाई दिग्भ्रमित पार्ने जोखिम रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरू चनाखो हुनुपर्ने बताए। मतदाताले सक्षम र योग्य व्यक्तिलाई चयन गर्न पाउनुपर्छ, तर गलत सूचनाले उनीहरूलाई प्रभावित पार्ने काम हुनुहुँदैन उनले भने।
निर्वाचन आचारसंहिता उल्लंघनका घटना र कारबाहीबारे उठ्ने गरेका प्रश्नप्रति लक्षित गर्दै अध्यक्ष मगरले उम्मेदवारहरू आफैँ बढी जिम्मेवार हुनुपर्ने धारणा राखे। सरकारमा जाने, भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारहरूले निर्वाचन आचारसंहिता कोड अफ कन्डक्ट पालना नगर्ने हो भने उनीहरूको प्रतिबद्धताको अर्थ रहँदैन, उनले स्पष्ट पारे ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस...
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला...
मुस्ताङमा नेपाली सेनाको बेस क्याम्प थपियो
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्...
मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते
काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...
चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्त...



