बिहिबार, ११ भदौ २०८३
नेपाली

नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु

Main News Image

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनले अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अस्पतालको पाँचौँ तलाबाट खसेका यादव मेन गेट अगाडि भेटिएका थिए । टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै आकस्मिक कक्षमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ घर भएका यादवले मानसिक औषधि समेत खाँदै आएको उनका बुबा शम्भुप्रसाद यादवले जानकारी दिएका छन् ।

अस्पताल प्रशासनले यस बारेमा बुझ्ने काम भइरहेको जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अस्पताल प्रशासनलेसमेत डाक्टर यादवमा मानसिक समस्या रहेको जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

गीता जयन्ती पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने...

खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका आजदेखि पूर्ण रूपमा बन्द

काठमाडौँ । चीनको न्यालम खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार र...

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...

बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो, उपभोक्तालाई असर नपर्ने

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो । 

<...

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौँ । सडक विभागले नागढुंगा सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने भएको छ । हाल उक्त सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र प्रयोगमा ल्याइएको छ ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई शुभर...

पशुपति आएका साधुहरूले फर्किने बेला २१ थरी उपहार पाउने, राष्ट्रपतिले गरे संकल्प

काठमाडौँ । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई प्रदान गरिने सामग्रीको औपचारिक संकल्प गरेका छन् । हरेक वर्ष फाल्गुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि अघि एकादशीको बिहान राष्ट्राध्यक्षबाट साध...