आइतबार, १५ कात्तिक २०८३
नेपाली

नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ

Main News Image

काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो । अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गराइदिने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विभागका अनुसार पक्राउ पर्नेहरूमा तीन पुरुष र एक महिला छन् ।

हाउजिङमा बस्दै आएका उनीहरूको भिसा भने व्यावसायिक भए पनि वास्तविक व्यवसाय के हो भन्ने प्रश्नमा उनीहरू स्पष्ट हुन नसकेको विभागले जनाएको छ । साथै, उनीहरूले नेपाली किशोरीहरूलाई टिकटक बनाउन लगाई त्यसकै माध्यमबाट चिनियाँ व्यक्तिहरूसँग सम्पर्क स्थापित गराई विवाहसम्म पुर्‍याउने काम सञ्चालन गरेको पाइएको विभागले बताएको छ ।

केही युवतीहरूलाई विवाहका नाममा चीन पठाइएको जानकारी पनि अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुई जनाले विगत करिब १० वर्षदेखि पर्यटक, विद्यार्थी तथा व्यावसायिक भिसाको आधारमा नेपालमै बस्दै आएको भेटिएको छ ।

कानुनअनुसार अवैध रूपमा बस्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निकाला गर्ने प्रावधान छ ।

mediabaaji add

सम्बन्धित खबर

सिरहामा गोली चल्यो : गोलबजारमा १ जनाको मृत्यु , ११ मोटरसाइकल खरानी !

काठमाडौँ । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ...

निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...

सशस्त्र प्रहरीका दुई डीआइजी प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप

काठमाडौँ । सशस्त्र प्रहरी बलमा दुई डीआइजीको पदावधि थप भएको छ। प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएको हो । उनीहरुको पदावधि थप भएसँगै सिंस १ का सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापाको बढुवामा अंकुश लाग्ने संभाव...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...

सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड

सिरहा । सिरहा कारागारमा नाइके पक्राउ परेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित...

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौँ । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष आइएमएफले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् ।

गत जुन २४...