बुधबार, ०३ भदौ २०८३
नेपाली

नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक  ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ६२ करोड १३ लाख रुपैयाँ र तेस्रोमा सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन रिडी पावरका लगानीकर्ताले सर्वाधिक ९।६७ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले कमाएका छन् । 


mediabaaji add

सम्बन्धित खबर

खसीको मासुमा मनपरी भाउ बढाएपछि सरकारको चासो, अधिकतम मूल्यको सीमा तोक्ने तयारी

काठमाडौँ । बजारमा खसीको मासुको भाउ अचाक्ली बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको छ । पछिल्लो केही समयदेखि काठमाडौँमा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म पुर्याइएको र व्यापारीहरूले अभावको कृत्रिम बहाना बनाएको जनगुनासो आए...

अत्यावश्यक औषधिको अभाव रोक्न मूल्य समायोजनको तयारी, स्वचालित प्रणालीको माग

काठमाडौँ । सरकारले अत्यावश्यक औषधिको पटक–पटक हुने अभावलाई समाधान गर्न औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि मूल्य पुनरावलोकन नहुँदा उत्पादन तथा आयात लागतसँग मूल्य नमिलेकाले बजारमा केही जीवनरक्षक औषधिको आपूर्ति प्रभावित हुँदै आए...

आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।

मल किन्न भारत गएर जेल परेका दुई नेपाली किसान ३८ दिनपछि धरौटीमा रिहा

काठमाडौँ । खेतका लागि रासायनिक मल किन्न भारत गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन् । सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएक...

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति...

डलरको मूल्य १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

<...