सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे आज निर्णय हुँदै
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सचिवालयमा बैठक बस्न लागेको हो । जापानको स्थायी आवासीय अनुमति ९पीआर० लिएको विषयमा विवाद उठेपछि थापाको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको थियो । गत असोज २८ गते भएको सुनुवाइका क्रममा सांसदहरूले उनको जापानको पीआरसम्बन्धी विषयमा प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै निर्णय स्थगित गरिएको थियो ।
सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ अनुसार विदेशी स्थायी आवासीय अनुमति लिएको व्यक्तिको नियुक्तिसम्बन्धी व्यवस्था र पीआर त्यागेको अवधिबारे सांसदहरूले थप स्पष्टता खोजेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रधानमन्त्री कार्की रारा भ्रमणपछि जुम्लामा
जुम्ला । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा तालको अवलोकनपछि जुम्ला पुगेकी हुन् ।
प्रधानमन्त्रीक...



