कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँका ११ प्रदेशसभा क्षेत्रीय सभापतिहरूको संयुक्त अपिल
काठमाण्डौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरूले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।
बागमती प्रदेशअन्तर्गत काठमाडौँ जिल्लाका ११ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको स्वागत गरेका हुन् । उनीहरूले जेन्जी आन्दोलनपछिको देशको विषम राजनीतिक अवस्थालाई मध्यनजर गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित आह्वान भएको विशेष महाधिवेशन समयसापेक्ष र आवश्यक रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेस वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन सक्षम पार्टी भएको दाबी गरिएको छ। सम्पूर्ण महाधिवेशन प्रतिनिधिको सक्रिय सहभागिताबाट पार्टीलाई नयाँ दिशा र गति दिन सकिने विश्वास पनि व्यक्त गरिएको छ ।
कांग्रेस विधान २०१७ संशोधनसहितको दफा १७, २ अनुसार पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई पार्टी निर्माणको प्रक्रियामा योगदान दिन उनीहरूले सबै प्रतिनिधिलाई अपिल गरेका छन् ।
संयुक्त विज्ञप्तिमा प्रदेशसभा क्षेत्रीय सभापतिहरू प्रल्हाद कार्की, ध्रुव केसी, विमल होडा, रामप्रसाद लुइँटेल, रमेश डंगोल, राजु खड्का, ख्याम तिवारी, वासुदेव लामा, शिवकुमार खनाल, मोहनकुमार बस्नेत र राजेन्द्र भट्टराईको हस्ताक्षर रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति
काठमाडौँ । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा...
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु ग...
मतदाता नामावली सच्याउन पाइने
काठमाडौँ । मतदाता नामावली छुट या त्रुटि भएमा सच्याउन पाइने भएको छ । निर्वाचन आयोगले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्...
कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “यस पर्व...



