बालेनको सचिवालयबाटै पक्राउ गर्ने २८ जनाको सूची तयार १ ७ जनालाई ‘अन द स्पट’ उठाउन निर्देशन
काठमाडौँ । बालेनको सचिवालयसँग सम्बन्धित व्यक्तिहरूसहित २८ जनालाई पक्राउ गर्ने सूची तयार पारिएको दाबी सार्वजनिक भएको छ। सूचीमा रहेका ७ जनालाई भने जहाँ भेटिन्छ, त्यहीँबाट तत्काल पक्राउ गर्न निर्देशन दिइएको बताइएको छ। पक्राउका लागि सूची नै तयार पारिएको र केही व्यक्तिलाई ‘अन द स्पट’ पक्राउ गर्ने निर्देशन दिइएको खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
कसलाई पक्राउ गर्ने सूचीमा राखिएको छ, पक्राउको आधार के हो र यसका पछाडि कुन निकायको भूमिका छ भन्ने विषयमा चासो बढेको छ। यस घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा थप बहस सिर्जना गरेको छ। पक्राउ सूची र निर्देशनको आधिकारिकता भने सम्बन्धित निकायबाट स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
एक्सप्रेस
सम्बन्धित खबर
केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
<...प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । निर्वाचन आयोगले स्वीकृत कार...
जेष्ठ सदस्य केसीले नवनिर्वाचित सांसदलाई शपथ खुवाउने
काठमाडौँ । नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अन्य सांसदहरूलाई शपथ खुवाउने भएका छन् । ७८ वर्षीय केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १२ गते दिउँसो शपथ ग्रहण गरेपछि अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।
एमालेले आजपनि प्रदर्शन गर्ने
मिडियाबाजी डटकम, काठमाडौँ । नेकपा एमालेले आज पनि काठमाडौँको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर...
एमालेका पूर्वसांसद भट्टचन पक्राउ
काठमाडौँ । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।<...
निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् । सोमब...


