गल्छीमा माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो।
बेसबाट करिब ६ किलोमिटर पूर्वमा फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको उपस्थितिमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब लगानी गर्ने भएको छ। प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पन...
यस साता सामान्य अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ०.५६ अंकले घटेर २७१४.०५ विन्दुमा आईपुगेको छ । गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से यो साता ७३.१८ अंक घटेर २७१४.०५ विन्दुमा पुगेको हो । यस साता पाँच कारोबार दिन बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से घ...
बाख्रापालनबाट उकासिएको जिवन
म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...
नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छ...
बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिए...
बजारमा खाना पकाउने ग्यासको अभाव, निगमले थाल्यो केन्द्रीय कार्यालयबाटै बिक्री वितरण
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास एलपीजीको अभाव भएको गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ । विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि...



