आइतबार, २८ भदौ २०८३
नेपाली

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

Main News Image

काठमाडौँ । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसंघमा शुक्रबार ध्यानसम्बन्धी अलग(अलग दुई कार्यक्रम आयोजना गरेकोे छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमाको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन,योगाभ्यास एवं ध्यान गराएका थिए ।

प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सो कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतका आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार गर्न सहयोग पुगेको जनाइएको छ। ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा गुरु भानुले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनुपर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गरे।

संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको जनाउँदै उनले परम्परागत कूटनीति र नीति निर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकामा खुसी व्यक्त गरे।

mediabaaji add

सम्बन्धित खबर

तिहारको मुख्य दिनः लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्ध...

काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई  डाईभर्सन

काठमाण्डौँ । कार्याक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  ...

रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्‍याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्‍याएका हुन् ।

रथ ठट...

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना : २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ...

किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

काठमाडौँ । सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । मृतक...

कोसी र कर्णाली प्रदेशका पहाडी भू भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोसी, कर्णाली प्रदेशका पहाडी भू...