बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइँदै

Main News Image

काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरभित्रबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित स्थानीय आनन्द श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर सुमन विकको कमाण्डमा खटिएको उद्धार टोलीले उनलाई घरको भग्नावशेषबाट जीवितै बाहिर निकाल्न सफल भएको हो ।

जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई तत्काल थप तथा गहन उपचारको आवश्यकता परेकाले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

फेवातालमा कार खस्यो, एक जनाको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।

घटनामा स्याङ्जा फेदीखोला...