चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर ०२–०३३ प १२८७ राखी चलाइरहेका अवस्थामा उनलाई सोमबार नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा परेका त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...



