बुधबार, ११ कात्तिक २०८३
नेपाली

एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश

Main News Image

काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ  । समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ ।


mediabaaji add

सम्बन्धित खबर

उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिए

काठमाडौँ ।  विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिएका छन् । यसले विश्व फुटबलमा नयाँ शक्तिको उदय र परम्परागत शक्त...

एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ...

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...

बक्सिङमा इतिहास रचेका मगर आज स्वदेश फर्किँदै

काठमाडौँ । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन् । चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर...

एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित

काठमाण्डौँ । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२...