सोमबार, ०८ भदौ २०८३
नेपाली

कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

Main News Image

न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन एएनओको राष्ट्रिय सम्मेलनलाई शनिवार साँझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने जिकिर गरे ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरुलाई नेपाल सरकारले पहिचान दिनुपर्ने धारणा राखेपछि राजदूत आरणले सो कुरा बताएका थिए । अध्यक्ष अधिकारीले विदेशी भएर होइन पुस्तौं पुस्ताअघि नेपालबाट वाहिर गएका नेपाली मूलका मानिसहरु नेपाली जातिकै प्रतिनिधिका रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको तर नेपाल सरकारले आफ्‌नै सन्ततिहरुलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुको मागलाई नेपाल सरकारसम्म आफूले पुर्याउने बताए।

सो अवसरका अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा।दामोदर पौडेलले नेपाली जातिका मानिसहरुलाई नेपालसँग जोड्ने एएनओको अभियानले तिब्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।

mediabaaji add

सम्बन्धित खबर

कोसी र कर्णाली प्रदेशका पहाडी भू भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोसी, कर्णाली प्रदेशका पहाडी भू...

नदीमा जिप खस्दा तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको...

मन्त्रालयको चेतावनी : १५ दिनभित्र हाजिर नभए सरकारी सेवाबाट हटाइने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम चेतावनीसहितको सूचना जारी गरेको छ ।

मन्त्रालयद्वारा सार्वजनिक सूचना अनुसार, खानी तथा भूग...

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले &nb...

सहरी संस्कृति भित्रिएपछि हराउन थाल्यो गाउँको मौलिकता

बागलुङ । सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झु...

पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको आग्रह

काठमाण्डौँ । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते २३...