शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

Main News Image

मुस्ताङ । सम्भावित वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पर्यटकलाई आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रशासनका अनुसार उक्त अवधिमा गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनसम्म बन्द हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्...