बिहिबार, २५ भदौ २०८३
नेपाली

भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध ४ दिनपछि बोल्यो नेपाल, के भन्यो ?

Main News Image

काठमाण्डौँ । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल ४ दिनपछि बोलेको छ । यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्‍याएको थियो । त्यसविरुद्ध नेपाल सरकारले बुधबार जनवरी ७ तारिख साँझ विज्ञप्ति जारी गरेको हो । 

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने काम नगर्न आह्वान गर्दछ। संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गरिनुपर्नेमा जोड दिन्छ।’

भेनेजुएला प्रकरणलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्रालयले अगाडि भनेको छ, ‘नेपाल संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवाद शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिन्छ ।’ अमेरिकामा लागुऔषध तथा हतियार तस्करी गरेको आरोपमा मदुरो दम्पतीविरुद्ध न्युयोर्कस्थित अदालतमा मुद्दा चलाइएको छ। त्यहाँस्थित हिरासतमा राखिएका उनीहरूलाई गत सोमबार अदालतमा पेस गरिएको थियो । 

mediabaaji add

सम्बन्धित खबर

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि

काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि...

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका वि...

कोलम्बियामा शक्तिशाली भूकम्पमा मृतकको संख्या २४० नाघ्न सक्ने, उद्धारकार्य जारी

काठमाण्डौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि खोज तथा उद्धार कार्य अझै जारी छ । भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू दिनरात परिचालन भइरहेका छन् ।

गत सोमबार बिहान ७ः३४ बजे पश्चिमी कोलम्बियाम...

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन् ।

पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान

काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...

अमेरिकी संसद्ले खारेज गर्‍यो इरानविरुद्ध आक्रमण रोक्ने प्रस्ताव, ट्रम्पलाई बाटो खुला

काठमाण्डौँ । इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न पेस गरिएको प्रस्ताव अमेरिकाको संसद् कंग्रेसले खारेज गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावका पक्षमा ४७ सांसद उभिँदा विपक्षमा ५३ मत परेका हुन् । <...