बालेनको निर्देशनपछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन् । प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन् ।
यससँगै सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ । सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी तीव्र बनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र...
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन : देशको पहिलो आधुनिक सडक सुरुङ सञ्चालनमा
काठमाडौँ । नेपालको पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । आयोजना स्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी...
दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालय एडीबी का आयोजना निर्देशक चुडाराज ढ...
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
काठमाण्डौँ । दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ ।
चाडपर्व मनाउन उपत्यकामा रहेका नाग...
काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएक...
शनिबार संकटा देवीको दर्शन उत्तम : काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो
काठमाडौँ । हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ। विशेष गरी काठमाडौँको न्यूरोड, टेबहालस्थित ऐतिहासिक एवं प्रसिद्ध संकटा मन्दिरमा शनिबारका दिन बिहानैदेखि पूजाआजा र दर्शन...



