बिहिबार, १२ कात्तिक २०८३
नेपाली

रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने दुई अर्ब राजस्व

Main News Image

काठमाडौँ । नेपाल–चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने मालवस्तुको पैठारी कोरलानाकाबाट ह्वात्तै बढेको हो। रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढ्दो क्रममा रहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ। भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसतमा ३० करोड रुपैयाँ हाराहारी राजस्व संकलन हुँदै आएको कार्यालयले जनाएको छ।

शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन ईभीको भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ। रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउन्डको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

यसैगरी युरोपियन युरो...

फेरी घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार सुनको मू...