विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी
काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन् । विपिनको सकुशल उद्धारको आशामा अमेरिका गएका परिवारका सदस्यहरू उनलाई जिवितै फर्काउने अपेक्षा राखेका थिए । तर, इजरायल–हमास युद्धका क्रममा हराएका विपिनको मृत्यु पुष्टि भएपछि उनीहरू खाली हात फर्कनुपरेको हो ।
कतार एयरवेजको विमानमार्फत उनीहरू आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। विमानस्थलमा पारिवारिक सदस्यहरू तथा आफन्तहरूले उनीहरूलाई भावुक रूपमा स्वागत गरेका थिए ।
२०७८ सालमा इजरायल पुगेका २२ वर्षीय विपिन जोशी गत वर्ष अक्टोबरमा हमासको आक्रमणमा परेपछि बेपत्ता भएका थिए । उनीसँगै अन्य केही नेपाली विद्यार्थीहरू पनि सो आक्रमणमा मारिएका थिए । सरकारले विपिनको मृत्यु पुष्टि गरे पनि उनको शव फेला परेको छैन । शव ल्याउने वा अन्तिम श्रद्धाञ्जली दिन नपाएका परिवार अझै पनि मर्माहत छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...
तराईका जिल्लामा आज होली मनाइँदै
नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
आज...



