मङ्गलबार, २३ भदौ २०८३
नेपाली

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि बाहिरैबाट ग्यास भर्न थालियो

Main News Image

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सङ्घीय राजधानी काठमाडौँ बाहिरका उद्योगहरूमा खाना पकाउने ग्यास भरेर उपत्यका पठाउन थालिएको छ । ग्यास बोकेका बुलेटहरू मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ छिर्न नसकेपछि बाहिरका प्लान्टहरूमा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट पठाइएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँ उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगहरूले चितवन, बारा, पर्सा, मकवानपुर, र नवलपरासीका उद्योगहरूसँग समन्वय गरी ग्यास सिलिन्डर भर्ने व्यवस्था मिलाएका छन् ।

यसक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । यस्तै, धादिङ नौबिसेमा प्लान्ट रहेको श्री ग्यासका लागि चितवनको बाबा ग्यासले एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोल...

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्य...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ प...

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँ...

भदौका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरको विवरणले यस्तो देखाएको हो । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ म...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैया...