सोमबार, १९ असोज २०८३
नेपाली

प्रधानमन्त्रीको चासोपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन

Main News Image

काठमाडौँ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण विगत केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । सरकारले उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएपछि असार १ र ४ गतेदेखि बन्द भएका उद्योगहरू फेरि खुल्न थालेका हुन् ।

चिया उद्योगीहरूको समस्याप्रति प्रधानमन्त्रीले नै विशेष चासो देखाएपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने आश्वासन दिएको थियो । प्रधानमन्त्रीको यस कदमपछि समस्या समाधान हुने पूर्ण आशाका साथ उद्योगीहरूले आफ्ना उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको बताएका छन् । सरकारको यो आश्वासनसँगै झापाका ३० वटा सीटीसी चिया उद्योगहरू सुचारु भइसकेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

विद्युत् प्राधिकरणले शहीदपरिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा शहीदभएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सञ्चालक...

एकैदिन सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख २२ हजार ७०० पुग्यो सुन !

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर ३ ल...

सालपा विकास बैंकको आईपीओ नतिजा हेर्नुभयो ?

काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ र...

अमेरिकी डलरको मूल्य बढ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुप...