बाढीले रसुवागढी नाका ठप्प भएपछि तातोपानी र हिल्साबाट सुरु भयो यात्रुको आउजाउ
काठमाडौँ । गत भाद्र १० गते आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालय लगायतका पूर्वाधारमा क्षति पुगेपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ ।
रसुवागढी नाका बन्द भएपछि विशेष गरी चीनको तिब्बत, कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणमा गएका र त्यसतर्फ जाने यात्रुहरूले सिन्धुपाल्चोकको कोदारी ९तातोपानी० र हुम्लाको हिल्सा नाका प्रयोग गरिरहेको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागका अनुसार रसुवागढी नाका अवरुद्ध भएको मिति २०८३ भाद्र १० देखि भाद्र २९ गतेसम्मको २० दिनको अवधिमा तातोपानी नाका हुँदै ३ हजार ९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल भित्रिनेमा १ हजार ७३३ जना महिला रहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी...
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च दरमा घट्यो !
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च दरमा घटेको छ । हिजो यी सबै मुद्राको विनिमयदर...
फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा बैंकहरूको अधिकतम...
एनएमबि बैंकद्वारा ‘सफ्टपोस’ सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने
काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । कुनै पनि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना...
सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापाव...
बुधबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन यु...



