बिहिबार, ०१ असोज २०८३
नेपाली

जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ

Main News Image

काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरेको थियो।

बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए। जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए । विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए।

स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। जेनजीको मुख्य माग कुटपिटमा संलग्न साहलाई पक्राउ गर्नुपर्ने थियो। उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए। अवस्था सामान्य बन्दै गएकाले गएराति ८ बजेदेखि सिमरामा कर्फ्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

mediabaaji add

सम्बन्धित खबर

आईजीपी नारायणदत्त पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक एआईजी पौडेललाई आईजीपी सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

...

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन ह...

गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा र पदस्थापन

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक डीआईजीको सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्...

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...

ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह

काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी...

बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...