भेनेजुएलापछि अब क्युबा ट्रम्पको निशानामा, वाशिङ्गटन र हवानाबीच तनाव उत्कर्षमा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा त्यसको गम्भीर मूल्य चुकाउन चेतावनी दिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तीव्र तनाव उत्पन्न भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्युत गरी गिरफ्तार गरेलगत्तै ट्रम्पले क्युबामाथि दबाब बढाउँदै अब उप्रान्त भेनेजुएलाबाट क्युबा जाने सम्पूर्ण तेल र आर्थिक सहायता पूर्ण रूपमा बन्द गरिदिने घोषणा गरे ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत क्युबालाई धेरै ढिलो हुनुअघि नै सम्झौताको बाटोमा आउन दृढतापूर्वक सुझाव दिए पनि उनले कस्तो खालको सम्झौता गर्न खोजेका हुन् भन्नेबारे कुनै स्पष्ट विवरण सार्वजनिक गरेका छैनन् ।
यता क्युबाली राष्ट्रपति मिगेल डियाज–कनेलले ट्रम्पको दाबी र चेतावनीको कडा शब्दमा खण्डन गरे । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकासँग आप्रवासनका प्राविधिक विषयबाहेक अन्य कुनै पनि राजनीतिक वार्ता नभइरहेको स्पष्ट पारे ।
एक्सप्रेस
सम्बन्धित खबर
भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...
इरानलाई ट्रम्पको चेतावनी : मलाई नसोधी नयाँ सर्वोच्च नेता चयन नगर्नू
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन नगर्न इरानलाई चेतावनी दिएका छन् । इरानको नयाँ नेता चयनमा अमेरिकाको भूमिका आवश्यक रहेको जिकिर गर्दै आफूहरूलाई नसोधी छनोट गरिए समयको बर्बादी मात्र हुने धम्क...
बिहारमा भाजपा-जेडीयू गठबन्धन दुई तिहाइतर्फ अग्रसर
काठमाडौँ । २०२५ बिहार विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक रूझानले एनडीएले अग्रता लिइरहेको संकेत गर्छ । आज बिहारको सिंहासनको उत्तराधिकारी को हुने भनेर निर्धारण हुनेछ। एनडीए र महागठबन्धन दुई ध्रुवमा छन्, र नि...
इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...
राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो
काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...
सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन
काठमाडौँ। अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार पाँच सय ९८ जनामा गर...



