शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

विचौलिया दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

Main News Image

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार रहेको बेला सदाबहार शक्तिशाली रहेको बिचौलिया दिपक भट्टका व्यवसायिक साझेदार औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीवार भट्टलाई पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टलाई पक्राउ गरी विभागलाई नै बुझाइदिएको थियो । उनलाई १० दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले विभागलाई म्याद दिएको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट भट्टको खातामा शंकास्पद रकम जम्मा भएको देखिएको स्रोतले बतायो ।

विभागले भट्टसहितका अभियुक्तविरुद्ध पाँच अर्ब रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड रुपैयाँ दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर खरिद गरेको पुष्टि भएपछि विभागले भट्टविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका...

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपा नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

सांसद काफ्‌लेले आफूलाई प्रदेशसभा सदस्य...