निर्वाचनको मुखमा आरजु देउवा फेरी दिल्लीमा
काठमाडौँ । आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि बुधबार सिंगापुर गएका छन् । सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ बाट उनी राति ११ बजे सिंगापुरतर्फ लागेका हुन् । देउवा निर्वाचनअघि स्वदेश फर्किनेबारे यकिन छैन । यसअघि देउवा मतदान गर्न गृहजिल्ला जान सक्ने चर्चा थियो ।
‘स्वास्थ्यमा समस्या देखिएपछि उहाँ सिंगापुर जानुभएको जानकारी पाएको छु । तर, उहाँको फर्किने मितिबारे मलाई जानकारी छैन,’ कांग्रेस नेता एवं देउवाको गृहजिल्ला डडेल्धुराबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरले नयाँ पत्रिकासँग भने । देउवासँग उनका स्वकीय सचिव भानु देउवा छन् । देउवापत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवा भने भारतमा छिन् ।
देउवा सिंगापुर उडेको विषयमा उनको सचिवालय र कांग्रेसको तर्फबाट औपचारिक जानकारी दिइएको छैन । तर, कांग्रेसभित्र भने यसलाई चासोपूर्वक हेरिएको छ । ‘पूर्वसभापतिज्यू निर्वाचनमा पार्टीका पक्षमा मत हाल्नुस् भनेर अपिल गर्ने मुडमा देखिनुभएको छैन, उहाँ मतदानका लागि डडेल्धुरा जाने कुरा पनि यकिन छैन,’ उनीनिकट अर्का कांग्रेस नेताले भने, ‘फागुन १९ मा फर्किने कि भन्ने कुरा पनि छ, तर टुंगो छैन ।’
एक्सप्रेस
सम्बन्धित खबर
मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थिय...
रवि लामिछानेले उद्योगी व्यवसायीलाई भने– तपाईंहरू डराउनु पर्दैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने...
फागुन २१ को निर्वाचनका लागि मेयर त्याग्दै हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको नेतृत्वबाट बिदा लिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् । मेयर साम्पाङका साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस...
‘काम नगर्नेलाई छुट छैन’ भन्ने सुशासनको नयाँ मानक स्थापना गर्दै प्रधानमन्त्री शाह
काठमाण्डौँ । ‘परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको सुरुवाती दिनमै शासकीय सुधार र सुशासनका पक्षमा एकपछि अर्को कठोर निर्णय लिन थालेका छन् । पुराना राजनीतिक दलहरूको परम्परागत कार्यशै...
नेपाली कम्युनिष्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजक नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। एकता राष्ट्रि...
जेनजीहरुले विरोध प्रदर्शन गर्ने भएपछि माइतीघर क्षेत्रमा सुरक्षाकर्मी तैनाथ
काठमाण्डौँ । जेनजी अगुवा मिराज ढुङ्गाना समूहले सोमबारबाट सुरु गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौंको माइतीघर क्षेत्रमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । प्रदर्शनका लागि युवाहरुको संख्या बढ्ने देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएको...



