सोमबार, २९ भदौ २०८३
नेपाली

असोज १ गतेदेखि सडक खुला गर्ने लक्ष्य , कृष्णभीरबाट बाहिरिए ग्यास बुलेटसहित २० वटा बस

Main News Image

काठमाण्डौँ । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन् । सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित केहि हलुका सवारी साधन सफलतापूर्वक सञ्चालन गरिएको’ जनाएको छ ।

हाल बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कार्यहरू जारी रहेकाले सडक खुला नगरिएको पनि विभागले स्पष्ट पारेको छ । यो सडक आगामी असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष रहेको विभागले जनाएको छ ।  


mediabaaji add

सम्बन्धित खबर

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाड-तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ ।

अहिले देशभर आंशिक...

काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका...

देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेख...

मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको...