मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !

Main News Image

काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भएको थियो ।

लामो समय राम्ररी वर्षा नहुँदा वायुमण्डलमा थिग्रिएर बसेका धुलोका कणसँगै नयाँ कण थपिँदा यहाँको वातावरण प्रदूषित बन्दै गएको हो । गत साता हल्का वर्षा हुँदा पानीसँगै खसेका धुलोका कण फेरि आकासिएर तल्लो वायुमण्डल धुमिल बनाएको देखिएको वातावरण विभागले जनाएको छ ।

वातावरण निरीक्षक प्रकाश केसीका अनुसार वायु प्रदूषण खतराको तहनजिक पुगेको हो । उनले भने, “अबका दिनमा डढेलोसँगै सहरी प्रदूषण बढेको खण्डमा खतराको तह पार गर्न सक्दैन भन्न सकिन्न ।” उनले भने जस्तै काठमाडौँको वातावरण केही दिनदेखि धुम्म र धुमिल छ । बदलीका कारण आकाश पूरा नखुलेकाले पनि तल्लो वायुमण्डलको प्रदूषणयुक्त वायु माथि जान नसकेको मौसमविद् सञ्जीव अधिकारी बताए ।


mediabaaji add

सम्बन्धित खबर

आज विश्व प्राथमिक उपचार दिवस

काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजी...

झन् बढ्यो काठमाडौँमा प्रदूषण

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउ...

काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लू ९एच(फाइभ एन(वान० संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष स...

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा...