सञ्चारगृहका गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले छाड्यो
काठमाण्डौँ । विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यसरी शंकास्पद रुपमा पार्किङ गरेको फेला परेको थियो ।
यी स्थानबाट क्रेनको सहयोगमा उठाएर ट्राफिक प्रहरी कार्यालय लगिएका गाडीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर प्रहरीले सम्बन्धित व्यक्तिको जिम्मा लगाएको ट्राफिक प्रहरीका एक अधिकारीले बताए। उनीहरुलाई जथाभावी पार्किङ गरेको आरोपमा प्रहरीले सामान्य जरिवाना तिराएर गाडी फिर्ता दिएको हो। कसैका चालकले र कसैको गाडी धनी नै साँझ गाडी बुझ्न ट्राफिक प्रहरी कार्यालयमा पुगेका थिए।
भाटभटेनीमा बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी थियो। अनलाइन खबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको रहेको खुलेको छ। उक्त गाडी उनका भाइले लगेर गेटमा छाडेको खुलेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स...
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
काठमाण्डौँ । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका(४ का वडाध्...
उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा ४।३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का उदयप...
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसा...
पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी भएको दुर्घटनामा घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबास चुनढुंगा खानीतर...
किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार
काठमाडौँ । सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । मृतक...



