आज राति पृथ्वी राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द
धादिङ । आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ । धादिङ प्रमुख प्रशासन कार्यालयले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको हो ।
प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भू भागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशका...
ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु
काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
ईँटा लिएर ज...
नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बाप्र०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्...
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
जसको प्रभावले हाल देशभर अ...
काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...
पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थान...


