शुक्रबार, २० कात्तिक २०८३
नेपाली

आन्तरिक विवादका बीच नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया सुरु, वडा अधिवेशन धमाधम

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसभित्र शीर्ष तहमा देखिएको चरम विवाद र असन्तुष्टिका बीच आसन्न १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीले शनिबारदेखि तल्लो तह अर्थात् वडा अधिवेशनको प्रक्रिया सुरु गरेको हो ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको चर्को असन्तुष्टि र बहिष्कारका बीच संस्थापन पक्षले महाधिवेशनको कार्यतालिकालाई अघि बढाएको छ ।

शनिबारबाट सुरु भएको वडा अधिवेशन प्रक्रियामा देउवा पक्षका नेता तथा कार्यकर्ताहरू सहभागी भएका छैनन् । देउवा समूहले यसअघि नै असोज १५ गतेबाट मात्र महाधिवेशन प्रक्रिया सुरु गर्ने गरी छुट्टै अडान र कार्यतालिका सार्वजनिक गरिसकेको थियो ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक ह...