लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण
काठमाडौँ । शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिल अन्तर्गतको नेपाली बटालियनको ब्यारेकमा पनि प्रहार गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार, इजरायली आक्रमणले इस्लामिक हेल्थ अथोरिटी र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन केन्द्रलाई प्रत्यक्ष लक्ष्य बनाउँदा दुई जना उद्धारकर्मीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
नाबातिये शहरको अलराहिबात क्षेत्रमा एक घरमा इजरायली युद्धविमानले आक्रमण गर्दा एक बालिका सहित छ जनाको मृत्यु भएको छ । दक्षिणी सीमा शहर बिन्त ज्बेलमा भएको अर्को आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने तटीय शहर घाजियेमा भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पुटिन भन्छन् – युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव
मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुव...



