फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न
पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।
‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूबिच प्रतियोगितात्मक कविता वाचन गराइएको थियो भने आमन्त्रित स्रष्टाहरूले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो । सो अवसरमा स्रष्टा सावित्रीदेवी गुरुङद्वारा लिखित ‘जीवनका भोगाइ र चुनौतीहरू’ शीर्षकको पुस्तक कुलपति राईले विमोचन गर्नुभयो।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य हरिचन्द्र लावतीलगायतको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले ज्ञान निर्माणको पहिलो खुट्किलो विद्यालय भएकाले शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गर्दै ‘विद्यालयमा कुलपति’ शृङ्खला सञ्चालन गरिँदै आएको बताउनुभयो। प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई विकेन्द्रीकरण गर्ने अभियानका क्रममा फिदिम आउँदा पाएको स्वागतबाट आफू प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। विद्यार्थीलाई समाज, साहित्य र संस्कृति बुझाउन सके मात्र सभ्य र समुन्नत राष्ट्र निर्माण गर्न सकिने उहाँको धारणा थियो।
प्रतियोगितात्मक कविता वाचनमा सन्देश दुलाल प्रथम, सबिन तुम्सिङ द्वितीय, झरना अर्याल तृतीय तथा कृतिना तुम्रोकले सान्त्वना स्थान हासिल गरे । प्रतियोगी विद्यार्थीहरू लक्ष्मी फुयाल, मदन पोखरेल, अनु भट्टराई, आशिका राई, डोल्मा तामाङ, प्रीति तुम्बापो, अनिला राई, मिरिम्सा राई, अन्जली तामाङ, समृद्धि काफ्ले, मिलन बयलकोटी र उत्सव बास्कोटाले मातापिताको महानता, जीवनका भोगाइ, समाज र संसारप्रतिको दृष्टिकोणलगायत विभिन्न विषयमा कविता वाचन गरेका थिए।
वि.सं. २००६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म झन्डै दुई हजार एक सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने तथा पाँचथरका स्रष्टाहरूबिच जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
विद्यालयमा कक्षा १२ मा इन्जिनियरिङ अध्ययनरत न्युमन बास्कोटाले बनाएको कुलपति राईको स्केच मायाको चिनोस्वरूप प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार नेम्वाङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक जीवनप्रसाद भण्डारीले गर्नुभएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...
भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका रा...
मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक
काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
काठमाण्डौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ । राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको फाउण्ड...
नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय
काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रद...
पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !
मिडियाबाजी डटकम,पोखरा ।
• नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...



