शनिबार, २० असार २०८३
नेपाली

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

Main News Image

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

खेलको २९औँ मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई सुरुवाती १(० को अग्रता दिलाएका थिए । यससँगै विश्वकपमा उनको व्यक्तिगत गोल सङ्ख्या २० पुगेको छ र विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो कीर्तिमानलाई थप मजबुत बनाएका छन् ।

तथ्यांक संस्था ‘अप्टा’ का अनुसार मेस्सी विश्वकपका दुई फरक संस्करणमा कम्तीमा सात सात गोल गर्ने पहिलो फुटबलर समेत बनेका छन् । उनले कतारमा सम्पन्न २०२२ को विश्वकपमा सात गोल गरेका थिए भने जारी २०२६ को संस्करणमा पनि आफ्नो सातौँ गोल पूरा गरिसकेका छन् ।

यो सङ्ख्यासँगै उनी यस संस्करणको गोल्डेन बुटका प्रमुख दाबेदारमध्ये एक बनेका छन् । नकआउट चरणको यस खेलअघि मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६,६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा थिए ।

तर, केप भर्डेविरुद्धको यो गोलपछि मेस्सी एक्लै शीर्ष स्थानमा उक्लिएका छन्। यस खेलअघि नै मेस्सीले विश्वकपमा आफ्नो ३०औँ खेल पूरा गर्दै इतिहासमै सबैभन्दा धेरै विश्वकप खेल खेल्ने पहिलो फुटबलरको कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्...

ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओ...

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपील० को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका ल...

फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्...

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

य...

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।