खुल्यो धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण बायोडाटा पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेद्वारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र वैशाख २१ गतेसम्म सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।
अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा सम्बन्धित कानूनअनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।
उम्मेद्वारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख
काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले वस्तु तथा सेवा खरिद बिक्रीमा अनिवार्य रूपमा बिलरबीजक लिने दिने संस्कृतिको विकास गर्न र कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यका साथ “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी लागू गरे...
डलर र युरोको भाउमा फेरबदल, यस्तो छ राष्ट्र बैंकको नयाँ दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै युरोपियन य...
सडकपेटीमा व्यापार नगर्न निर्देशन
काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दि...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।
सुनको मूल्य तोलामा ३६ सयले घट्यो !
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार ९असार १०० सुनको मूल्य तोलामा ३६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा...
नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोड माथिको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मू...



