खुल्यो धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण बायोडाटा पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेद्वारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र वैशाख २१ गतेसम्म सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।
अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा सम्बन्धित कानूनअनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।
उम्मेद्वारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...
बिहीबार कुन विदेशी मुद्राको विनिमयर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...
लमजुङबाट २४ करोडको अलैँची बिक्री
लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अ...
साताको पहिलो दिन सेयर बजार १०५ अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.७९ प्रतिशतले कम हो ।
आज सेयर बजारमा २६१ कम्पनी...
निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग
काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेसँगै उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ कि मध्यपूर्व युद्धका क...
पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थित...



