भोलि महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? एक पटक ट्राफिक व्यवस्थापनको नियम हेर्ने की ?
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन गरिएको हो । पशुपति दर्शन गर्न आउनेहरूका लागि निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने ट्राफिकले जनाएको छ ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्थामा भने डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने जनाइएको छ ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरूलाई आवश्यकता अनुसार निषेध गरिएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।
यस्तो छ पार्किङको व्यवस्था
१.सिफल चौरमा दर्शानार्थीहरुको सवारी, पास वाहक सवारी साधनहरू, सुरक्षाकर्मीका सवारी साधनहरू ।
२.गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरू ।
३. पशुपति विकास कोषको कार्यालय र भण्डारखालमा सवारी पासवाहक सवारी साधनहरू ।
४.तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू ।
५.वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू ।
६.प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधनहरू ।
एक्सप्रेस
सम्बन्धित खबर
धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...
नयाँ वर्ष सन् २०२६ सुरु
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चा...
नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन
काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्व...
सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
काठमाडौँ । २०८३ साल असार २९ गते सोमबार सन् २०२६ जुलाई १३ तारिख। असार कृष्ण पक्षको चतुर्दशी तिथि । भानु जयन्ती । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
शिवका लागि...
गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
सो मार्गमा...
एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...



