अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले हाल देशका धेरै स्थानमा पानी परिरहेको छ । हिमाली भूभागमा हिमपात भइरहेको छ । आज र भोलि कात्तिक १३–१४ सम्म देशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षारहिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पनि भारी वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...
आज कति छ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ?
काठमाडौँ । देशभर दैनिक चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि न्यूनतम तापक्रम घट्दै गएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ ।
जसको प्रभावले हाल देशभर साधरणतया...
कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो
काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।
...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
आज दिउँसो तराई...
अविरल वर्षाले सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए
इनरूवा । बुधबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जल...



