अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल लाइफको ५० हजार कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो ।
उक्त शेयरको प्रतिकि...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिम...
चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...
सुनचाँदीकै मूल्यमा गिरावट, फेरि लगातार घट्न थाल्यो सुनको भाउ
काठमाण्डौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार...
सरकारले नगद कारोबारको सीमा घटायो, ५ लाखभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने
काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्...



